पूर्वकप्तान पारस खड्का कोरोना संक्रमित

पूर्वकप्तान पारस खड्का कोरोना संक्रमित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमित भएका छन्। आफू संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

खड्काले शुक्रबार पिसिआर परीक्षण गराएका थिए। खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए। कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने भएका छन्। हाल उनी होम आइसोलेसनमा बसेका छन्। 

खड्काले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्।
 


Leave a Reply

Your email address will not be published.