को बन्ला फिफा वर्ष खेलाडी?

को बन्ला फिफा वर्ष खेलाडी?

फिफाले वर्ष २०२० पुरुष खेलाडी मनोनयन सार्वजनिक गरेको छ।

यसवर्ष क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई फिफाले पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो। 

लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए। लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यसअघि गत नोभेम्बर २५ मा ११ खेलाडीलाई वर्ष खेलाडीको मनोनयनमा राखिएको थियो। जसमा यी तीन खेलाडीसहित केभिन डि ब्रुयन, साडियो माने, क्यालियन एमबाप्पे, नेयमार, सर्जियो रामोस, मोहम्मद सलाह, थियागो अलकान्तारा र भर्जिल भानडाइक रहेका थिए।

विजेताको घोषणा पुस २ गते हुनेछ


Leave a Reply

Your email address will not be published.

थप समाचार