सिटी र युनाइटेडले बराबरी खेल्दा चेल्सीले शीर्षमा पुग्ने मौका गुमायो 

सिटी र युनाइटेडले बराबरी खेल्दा चेल्सीले शीर्षमा पुग्ने मौका गुमायो 

इंग्लिस प्रिमियर लिगको म्यान्चेस्टर डर्बीमा सिटी र युनाइटेडले बराबरी खेल्दा चेल्सी भने पराजित भएको छ। 

सिटी र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन्। दुबैले ११ खेल खेल्दा युनाइटेड एक अंकले सिटीभन्दा माथि रहेको छ। युनाइटेडले २० अंक जोडेको छ भने सिटीको १९ अंक रहेको छ। अंक तालिकामा युनाइटेड आठौं र सिटी नवौं स्थानमा रहेका छन्। 

यता, चेल्सी भने अंक तालिकाको शीर्ष स्थानमा पुग्ने मौका खेर फालेको छ। शनिबार राति भएको खेलमा चेल्सी इभर्टनसँग पराजित भएको हो। इभर्टनका तर्फबाट एकमात्र विजयी गोल पेनाल्टीमार्फत २२ औं मिनेटमा सिगर्डसनले गरेका थिए। 

चेल्सीले उक्त खेलमा जित हात पारेको भए २५ अंकसहित शीर्ष स्थान कायम गर्ने थियो। पराजित चेल्सीको १२ खेलबाट २२ अंक छ। उ अंक तालिकाको तेस्रो स्थानमा छ। पहिलो स्थानको टोटनहमसँग २४ अंक छ। उसले चेल्सीभन्दा एक खेल कम खेलेको छ। 

यस्तै शनिबार नै भएका अन्य खेलमा एस्टन भिल्लाले वल्भरह्याम्पटनलाई १–० र न्युक्यासल युनाइटेडले वेस्ट व्रुमलाई २–१ ले पराजित गरेको छ। 


Leave a Reply

Your email address will not be published.