भक्तपुरको चाँगुनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माण हुँदै

भक्तपुरको चाँगुनारायणमा विश्वकै अग्लो त्रिशुल निर्माण हुँदै

भक्तपुरको चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना हुँदैछ। महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे। 

उनले संविधानले नै हिन्दु धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए। हिन्दु धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको निधिको भनाइ छ। 

त्रिशुलडाँडामा ४ करोड ४२ लाख ११ हजार ९ सय १३ रुपैयाँको लागतमा १ सय २१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ। करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।


Leave a Reply

Your email address will not be published.