यसरी छरियो शतबीज

यसरी छरियो शतबीज

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिलगायत देशभरका शिवालयमा दीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ। आज बिहानै पशुपतिको मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा शतबीज छर्नेहरुको घुइँचो लागेको थियो।

शतबीज छर्न भने मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको थियो। कोरोना भाइरस संक्रमणका कारण अन्य वर्ष जस्तो यो वर्ष भने खासै भिडभाड नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।

आयोमेलका शिरिष मानले लिएका केही तस्बिर 


Leave a Reply

Your email address will not be published.