उखु किसानका पीडा : भुक्तानी नपाएपछि पुनः माइतीघरको सहारा

उखु किसानका पीडा : भुक्तानी नपाएपछि पुनः माइतीघरको सहारा

सरकारले गतवर्ष गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उखु कृषकहरूले आजदेखि माइतीघरमा पुनः आन्दोलन थालेका छन्।

गतवर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुस १८ गते किसानहरुसँग पाँच बुँदे सहमति गरेको थियो। तर, एक वर्ष बित्दा पनि किसानले सबै रकम भुक्तानी नपाएको बताउँदै पुनः आन्दोलन थालेको बताएका छन्।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायका अनुसार उद्योगहरूबाट कृषकले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ। तर, सरकारले उनीहरुसँग गरेको सम्झौता बेवास्ता गरेपछि फेरि आन्दोलनमा उत्रिनु परेको उनले बताए। 

उखु किसानले सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेकोमा पनि आपत्ति जनाएका छन्। गत बिहीवार बसेको मन्त्रिपरिषद बैठकले प्रतिक्विन्टल उखुको ५४४ रुपैयाँ ३३ पैसा मूल्य तोकेको थियो। गत वर्ष यो मूल्य प्रतिक्विन्टल ५३४ रुपैयाँ ५६ पैसा रहेको थियो।


Leave a Reply

Your email address will not be published.