नारायणकाजीको राजनीनामा माग्दै बालुवाटारमा प्रदर्शन

नारायणकाजीको राजनीनामा माग्दै बालुवाटारमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै बालुवाटारमा प्रदर्शन भएको छ।

श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडी प्रदर्शन भएको हो।

नेकपा केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामा प्रकरणमा प्रवक्ता श्रेष्ठको नाम मुछिएको छ। प्रदर्शनकारी युवाहरुले लामा प्रकरणको छानबिन गर्न माग गरेका छन्।

बालुवाटारमा स्थायी कमिटी बैठक बसिरहँदा युवाहरुले बाहिर सडकमा प्रदर्शन गरेका थिए।

एक हाइड्रो पावर कम्पनीको शेयरसम्बन्धी विवादमा प्रवक्ता श्रेष्ठले साढे दुई करोड रुपैयाँ गडबडी गरेको आरोप लागेको छ।

श्रेष्ठले आफ्नो जीवन बर्बाद पारेको निधन हुनुभन्दा केही दिनअघि लामाले आरोप लगाएका थिए।

तर, प्रवक्ता श्रेष्ठले भने लामाको शेयरसम्बन्धी विवादमा आफूले मध्यस्थकर्ताको भूमिकामात्र निर्वाह गरेको दाबी गर्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published.