यी ३५ पालिकाको १ करोड ८८ लाख अनुदान कट्टा

यी ३५ पालिकाको १ करोड ८८ लाख अनुदान कट्टा

सरकारले ३५ वटा पालिकाको १ करोड ८८ लाख १८ हजार रुपैयाँ अनुदान कट्टा गरेको छ। अर्थमन्त्रालयले कर्मचारीका निम्ति तलबभत्ता बापतको रकम स्थानीय तहमा पठाएको थियो।

तर, केही पालिकामा कर्मचारी समायोजन भए पनि हाजिर गर्न नपाई फिर्ता भएपछि उनीहरूका निम्ति पठाइएको रकम कटौती भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आवश्यक पर्ने हाजिर नगराएका स्थानीय तहका १ करोड ८८ लाख १८ हजार ८ सय १६ रुपैयाँ कटौती भएको हो।


Leave a Reply

Your email address will not be published.

थप समाचार