देशभर ८३० संक्रमित थपिँदा १५ सयले जिते कोरोना

देशभर ८३० संक्रमित थपिँदा १५ सयले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा थप १५ सय जना संक्रमण मुक्त भएका छन्। र, थप नौ संक्रमितको मृत्यु भएको छ।

आज थपिएकासँगै कूल २ लाख ४८ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ। देशभर हाल १० हजार ८ सय ९४ सक्रिय संक्रमित रहेका छन्।

यस्तै हालसम्म कूल २ लाख ३५ हजार ७ सय ३१ जनाले कोरोना जितेका छन्। आज मृत्यु भएकासँगै देशभर कूल मृतक संख्या १ हजार ६ सय ९८ पुगेको छ।


Leave a Reply

Your email address will not be published.