माउन्टेन प्राइज नेपालका विनोद शाहीलाई

 माउन्टेन प्राइज नेपालका विनोद शाहीलाई

इन्टनेश्नल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टले हरेक वर्ष प्रदान गर्ने ‘माउन्टेन प्राइज’ नेपालका विनोद शाहीले हात पारेका छन्। 

उनीसँगै भारतको जागृति स्वयं सहायता गु्रपले पनि उक्त उपाधि पाएको छ। 

‘माउन्टेन च्याम्पियनलाई सम्मान’ नामक शीर्षकमा हिमाली क्षेत्रमा योग्दान पुर्‍याउने नेपाल र भारतका अभियन्ता, संस्थालाई कदर गर्दै यो उपाधि दिइएको हो।   

शाहीले हिमाली जिल्ला डोल्पामा प्राथमिक शिक्षा क्षेत्रलाई उकास्न योगदान पुर्‍याएका छन्। 

उनको संस्था ‘स्नोयाक फाउन्डेशन’ ले डोल्पामा विद्यालयमा बालबालिकाको भर्ना दर बढाउने, स्थानीय विद्यालयमा पढ्न  प्रोत्साहन दिने, पढ्न आवश्यक सामग्री उपलब्ध गराइदिनेदेखि विद्यार्थी र शिक्षकलाई प्रोत्सान गर्ने काम गरेको छ। 
उनले १६ वटा विद्यालयमा काम गरेर हिमाली क्षेत्रका विद्यालयहरुलाई सुधार गर्ने काम गरेका छन्। 

त्यस्तै भारतको जागृति स्वयं सहायता ग्रुपले हिमाली क्षेत्रमा लैंगिक समानता र संस्कृतिको जर्गेनाका लागि काम गरिहेका छन्। 

यस आइसिआइएमओडी माउन्टेन प्राइजले पिउने पानीको पहुँच, मौसम परिवर्तन अनुकूल जीवनयापन, पोषणयुक्त खाना, सुरक्षा र कमाइमा दिगो उत्पादन, प्रकोप जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जामा पहुँच, हिमाली क्षेत्रको विकासका लागि प्रविधिको विकास, आयआजर्नको अवसर वा लगानीको प्रवद्र्धन, नीतिको वकालत र हिमाली वातावरण वा जैविक विविधताका लागि काम गर्दै आएको छ।


Leave a Reply

Your email address will not be published.