छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु

लुम्बिनी प्रदेशका विभिन्न तीन जिल्लामा भएका छुटाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ।

कलिपवस्तु, दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जानकारी दिएको छ। 

प्रदेश प्रहरीका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया सुशीला खड्काको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीले जनाएको छ।

हत्याको आशंकामा प्रहरीले सुशीलासँगै डेरामा बस्ने भतिज तोरणबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ। महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ।

त्यसैगरी वर्दिया ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँका कृष्ण थारु खेतबारीमा घाँस काट्न गएका बेला मृत फेला परेका छन्। अबेरसम्म घर नफर्किएपछि खोजविन गर्दा खेतबारीमा मृत भेटिएका थिए।

त्यसैगरी दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा एकजना मृत भेटिएका छन्। 

सल्यान कपुरकोट गाउँपालिका सिस्नेरीका नविन रोका क्षेत्री मृत फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ। 
 


Leave a Reply

Your email address will not be published.