दिगो जीविकोपार्जनका लागि पर्यटन बोर्ड र युएनडिपिको नयाँ परियोजना

दिगो जीविकोपार्जनका लागि पर्यटन बोर्ड र युएनडिपिको नयाँ परियोजना

पर्यटन क्षेत्रलाई उकास्न पर्यटन बोर्ड र युएनडिपीले ‘जीविकोपार्जन पुनःप्राप्तिका लागि दिगो पर्यटन’  परियोजना सुरु गरेका छन्। साढे दुई वर्ष अवधि रहेको यो परियोजनाको लागत २० लाख अमेरिकी डलर छ। 

पर्यटन क्षेत्रमै आश्रित रही जिविकोपार्जन गर्ने महिला तथा विपन्न समूहलाई यस परियोजनामार्फत छोटो समयका लागि रोजगारी दिइने भएको छ।

यस परियोजनाको सम्झौतापत्रमा पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी र युएनडिपीका आवासीय प्रतिनिधि आइसानी मेडमगंगोडाले हस्ताक्षर गरेका हुन्।  महामारीको संकटमा उक्त सहकार्यले सहयोग मिल्ने भन्दै रेग्मीले बताए।

परियोजनाले दीर्घकालका लागि रोजगारीको अवसर दिने, पर्यटन क्षेत्रलाई उकास्ने, पर्यटन क्षेत्रमा निजी लगानी बढ्दै जाने, सूचनालाई प्रविधियुक्त व्यवस्थापन गर्ने र पर्यटन क्षेत्रको चाँडै पुनःप्राप्ति हुने अपेक्षा गरिएको छ।   

यस परियोजनाले टुरिजम सेटलाइट एकाउन्ट विकास गर्न मद्दत गर्नेछ भने आन्तिरिक पर्यटन प्रवद्धनका लागि काम गर्नेछ।
 


Leave a Reply

Your email address will not be published.