घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर, घुस दिने पनि तानिए

 घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर, घुस दिने पनि तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका रुपन्देही रोहिणी गाउँपालिका–२ का अध्यक्ष सरोजकुमार पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ। 

अनुदानको रकम प्रदान गर्न सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा पक्राउ परेका उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा भएको हो।

विराट कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष श्यामबचन यादवले वडाध्यक्ष पाण्डेले घुस लिएको भनि अख्तियारलाई जानकारी दिएका थिए।

 यादवले घुस बापतको रकम  अख्तियारबाट नलगी आफ्नै रकम दिएका थिए। पाण्डेलाई घुस दिनु अघि यादवले अख्तियारलाई जानकारी नगराएको भन्दै  उनीविद्ध पनि मुद्दा दायर भएको छ। 


Leave a Reply

Your email address will not be published.