थप ६ ठाउँमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

थप ६ ठाउँमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंकले थप ६ स्थानमा शाखारहित बैंकिङ सेवा थालेको छ।

ग्लोबलले तेह्रथुमको फेदाप गाउँपालिकामा, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा, बाग्लुङको बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथरको याङवरक गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। 

यससँगै ग्लोबलका शाखारहित बैंकिङ सेवा संख्या २ सय ३८ पुगेको छ।

ग्लोबलले शाखारहित बैंकिङ सेवामा प्रतिनिधि पनि नियुक्त गरेको छ। जसअनुसार फेदाप गाउँपालिका-२, ओयाकजुङमा चन्द्रकला ढकाल, नगराईन नगरपालिका-४ फूलगामा राजकुमार शाह, दुल्लु नगरपालिका-७ दुल्लु बजारमा दामोदर उपाध्याय, भैरवी गाउँपालिका-५, दादिमाडी बजारमा बखतबहादुर शाही, बाडिगड गाउँपालिका-२ सिमालचौरमा होमनाथ खराल र याङवरक गाउँपालिका-१ गणेश चोकमा घनेन्द्र काफ्लेलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ।

शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने काम हुन्छ।  

 


Leave a Reply

Your email address will not be published.