अर्थमन्त्रीले मुद्रा कोषसँग भने- कोभिड महामारीले स्रोत व्यवस्थापनमा चाप पर्‍यो

अर्थमन्त्रीले मुद्रा कोषसँग भने- कोभिड महामारीले स्रोत व्यवस्थापनमा चाप पर्‍यो

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ महामारीको कठिन परिस्थितिमा स्रोत व्यवस्थापनमा चाप परेको बताएका छन्।

प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि ९इसिएफ०  कार्यक्रमको तयारीबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पौडेलले कठिन परिस्थितिमा गत मार्चमा कोषले र्‍यापिड क्रेडिट फ्यासिलिटिमार्फत नेपाललाई गरेको सहयोग तथा  सिसिआरटी अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे।

अर्थमन्त्री र कोषका पदाधिकारीबीच कोभिड(ज्ञढ ले बढी प्रभाव पारेको क्षेत्र र सो लगायत समग्र  आर्थिक पुनरुत्थानका गति थप तीव्र बनाउने लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

पौडेललेले यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने बताए।

अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा जी ट्वान्टीका सदस्य मुलुकबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिँदै न्यून आय भएका मुलुकलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने बताए।

कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाएका थिए।
 


Leave a Reply

Your email address will not be published.

थप समाचार