पूर्वमन्त्री आलमका भाइ कारागार चलान

पूर्वमन्त्री आलमका भाइ कारागार चलान

रौतहट जिल्ला अदालतलले पूर्वमनत्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमका भाइ मोहमद मोहताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ।

न्यायाधीश मणीराम न्यौपानेको इजलासले आलमलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गराउन आदेश दिएको हो।

जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेको आरोप लागेका उनी हालै मात्र भारतबाट पक्राउ परेका थिए। आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विष्फोटसम्बन्धी तीन वटा मुद्दा छन्।

सोही मुद्दामा उनका दाइ मोहम्मद अफताब आलम नक्खु कारागार थुनामा छन्। 

२०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको उनीहरुलाई आरोप छ।
 


Leave a Reply

Your email address will not be published.