सफल व्यक्तिले बिहान नछुटाई गर्ने क्रियाकलाप

सफल व्यक्तिले बिहान नछुटाई गर्ने क्रियाकलाप

एक सफल व्यक्तिका लागि समय महत्वपूर्ण कुरा हो। तर, समय व्यवस्थापनको सवालमा सफल र असफल व्यक्तिहरूमा खासै भिन्नता रहदैन। 

सफल व्यक्तिहरूले समयलाई योजनाबद्ध तरिकाले आफ्नो हितमा प्रयोग गर्दछन्। तर, असफल व्यक्तिहरू समय अनुसार आफू प्रवाहित हुन्छन्। फरक यत्ति मात्र हो।

व्यापार, खेलकुद, श्रृजनशिलता, अध्ययन अथवा व्यवसायीक जीवन होस या अन्य क्षेत्रमा जहाँ सुकै सफलता हासिल गर्न तत्पर सबैले माथिको दर्शनलाई कुनै न कुनै ढंगले अंगिकार गरेको पाइन्छ। उनीहरूले आफ्नो बिहानीलाई बाँकीको दिनको योजना र व्यवस्थापन गर्नमा खर्चेको पाइन्छ, ताकी उनीहरूको दिन पूर्णरुपमा व्यवस्थित तथा उत्पादक रहोस्। 

उता, बिहानीको समयमा मानिसमा उर्जा, उमंग, आत्मविश्वासलगायत सकारात्मक भावनाको स्तर उच्च हुने हुनाले सो समयमा अति नै प्राथमिकतामा रहेका कार्यहरू सम्पादन गर्नुपर्नेमा पनि कतिपय विज्ञहरू बताउँछन्।

आयोमेलले विभिन्न संचारमाध्यमहरूको अध्ययनपश्चात सफल व्यक्तिहरूले हरेक बिहान दैनिक रूपमा सञ्चालन गर्ने क्रियाकलापहरूको सूची तयार गरेको छ। 

१. सबेरै उठ्नु

सफल व्यक्तिले समयलाई मूल्यवान तत्वको रुपमा बुझेका हुन्छन्। तसर्थ उनीहरू सूर्योदयभन्दा अगावै उठेर बाँकी दिनको लागि आफूलाई तयार गर्न थाल्दछन्। 

एक अन्तर्राष्ट्रिय वेभसाइटले विभिन्न कम्पनीका २० जना उच्च पदाधिकारीहरूमाथि गरेको सर्वेक्षणले ९० प्रतिशतभन्दा बढी अधिकारीहरूले सप्ताहन्त वा छुट्टिको दिनमा पनि ६ बजेभन्दा अगावै आफ्नो ओछ्यान छोडीसक्ने गरेको देखाएको छ। 

उदाहरणका लागि पेप्सिको प्रमुख कार्यकारी अधिकृत इन्द्र नोयी बिहानको ४ बजे जागिसकेका हुन्छन् र ७ बजेअगावै कार्यालय पुगिसक्छन्। यसैगरी डिज्नेका प्रमुख अधिकृत साढे ४ बजे उठिसक्छन्। 

यसको अर्थ भनेको तपाईंको दिनभरीको उत्पादकत्व तपाईं बिहान कति सबेरै उठ्नुहु्न्छ भन्नेमा निर्भर गर्दछ। 

२. शयनकक्ष तथा ओछ्यानको व्यवस्थापन 

सुन्दा सामान्य लागे पनि तपाईं जीवनमा कति व्यवस्थित हुनुहुन्छ भन्ने कुरा तपाईं आफू सुतेको ओछ्यान वा शयनकक्ष कति व्यवस्थित छ भन्नेमाथि निर्भर गर्दछ। आफू जाग्नेबित्तिकै गरिने कोठाको सरसफाइले तपाईंलाई जीवनको संगठित बाटोतर्फ डोहोर्‍याउनुका साथसाथै समय अभावको कारण तपाईंले गर्न चुकेका शारीरिक तन्दुरुस्तीको क्रियाकलापलाई पनि केही हदसम्म परिपूर्ती गर्दछ। 

लेखक चाल्र्स डुविगले ‘पावर अफ हेबिट’ पुस्तकमा केही मिनेटको यस्तो क्रियाकलाप दिनको बढ्दो उत्पादकत्वसँग अन्तरसम्बन्धीत रहने बताएका छन्।

३ शारीरिक एवं मानसिक अभ्यासका क्रियाकलापमा संलग्न

खेल वा शारीरिक सुगठनमा लागेका मानिसहरू जुनसुकै समयमा पनि शारीरिक क्रियामा सरिक रहने गरेता पनि अन्यका लागि भने बिहानीको समयमा गरिने शारीरिक अभ्यासले ठूलो अर्थ राख्दछ। 

बिहानीको समयमा तपाईंको शरिरबाट बग्ने पसिनाले विभिन्न निवारणजन्य रोगबाट बचाउनुका साथसाथै दिनमा आइपर्ने जस्तोसुकै परिस्थितको सामना गर्न उर्जा प्रदान गर्दछ। शारीरिकका साथसाथै मानसिकरुपमा गरिने क्रियाकलाप जस्तै योग, ध्यान, साधना वा प्राणायामलगायतले तपाईंको मानसिक स्वास्थ्य, भावनात्मक शुद्धता एवं आन्तरिक सुखशान्तीलाई उर्जा दिन्छ। 

४. तरल एवं ठोस पदार्थको सेवन गर्नु

बिहानीको समयलाई पेय वा खाद्य पदार्थको उपभोगका लागि उत्कृष्ट समयको रुपमा लिइन्छ। स्वास्थ्य विज्ञानले बिहान ओछ्यान छोड्ने बित्तिकै एक लिटर स्वच्छ पानी पिउँदा रगत सफा हुने तथा शारीरलाई आवश्यक तरल पदार्थको आपूर्ती हुने तथ्यलाई स्थापित गरिसकेका छ। 

पोषणविद् रायना बाटानेले बिहान पानी पिउनाले व्यक्तिलाई चुस्त हुन, शरीरलाई अत्यावश्यक तरल पदार्थको आपूर्ती गर्न र मेटाबोलिजमलाई सक्रिय गर्न सघाउने बताएकी छिन्।

नित्यकर्म गरेपश्चात बिहानीको समयमा उपभोग गरिने खाद्य पदार्थले विभिन्न उत्पादक क्रियाकलाप सम्पन्न गर्न आवश्यक शक्ति प्रदान गर्दछ। 

५. अद्यावधिक राख्नु

कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नका लागि सो क्षेत्रमा केकस्ता विकासहरू भइरहेका छन्, कस्ता खालका बहस जन्मिरहेका छन्, समाधानको क्षेत्रमा केकस्ता नवप्रवर्तनहरूको श्रृजना भइरहेको छ लन्लगायत विषयमा जानकारी राख्न अति नै जरुरी रहन्छ। 

प्रायजसो दिवासमय दैनिक सम्पादन वा लक्ष्य हासिल गर्नमा बित्ने हुनाले बिहानीमा विभिन्न श्रोतको प्रयोगद्वारा आफूलाई अद्यावधिक राख्नु उचित देखिन्छ। साथसाथै, आफ्नो समाज, देश वा विश्वको अर्थतन्त्र, सामाजिक एवं राजनीतिक क्षेत्रमा घटिरहेका घटनाहरूको जानकारी संकलनले तपाईंलाई अन्यभन्दा पृथक बनाउन र उत्पादकत्व बढाउन सघाउ पुर्‍याउँछ। 

६ श्रृजनशील कार्यमा समावेश

मानसिक तन्दुरुस्तीका लागि योग, साधना, प्राणायामलगायतका क्रियाकलापमा लिन हुनुको साथै विभिन्न श्रृजनशील वा रचनात्मक क्रियाकलापमा संलग्न हुन पनि उत्तिकै जरुरी छ। हुनत जुनसुकै पेशा, व्यवसाय वा क्षेत्रमा आबद्ध भएता पनि हरेक व्यक्तिमा भिन्नभिन्न रुची वा रचनात्मकता भरिएको हुन्छ। 

जस्तो कि दिनभरी बिरामीको शल्यक्रियामा व्यस्त हुने चिकित्सकको संगीतमा अभिरुची हुनसक्छ। यस्तो अवस्थामा सो चिकित्सकले बिहानीको समयमा सांगितीक साधना गर्दा वा सुन्दा, उभित्र नयाँ उमंगको सञ्चार हुनसक्छ। यस्तो उमंगले व्यक्तिलाई दिनको कार्य सहजरुपमा सम्पादन गर्न तथा तनावरहित बनाउन सघाउँदछ। 

यसकासाथै व्यक्तिको रुचिअनुसारको कार्य जस्तै भान्सामा सघाउने वा पकाउने, बगैंचामा गोडमेल गर्ने, खेलकुदको क्रियाकलाप गर्ने, घरमा पालिएका जनावरसँग समत व्यतीत गर्ने वा रचनात्मक लेख लेख्ने लगायतले मानिसमा सकारात्मक सोच ल्याउनुका साथै दिनको कार्यसम्पादनको क्रममा थप श्रृजनशील बनाउँछ। 

७. परिवारसँग गुणस्तरीय समय बिताउने

हुनत हामी सबै पारिवारिक प्राणी भएकाले परिवारबाट टाढा रहँदैनौं। हामीले सामान्यरुपमा परिवारसँग समय बिताइरहने गरेता पनि बिहानीको समयमा परिवारका सबै सदस्यहरूसँग गरिने भावनात्मक छलफल वा हाँसो, रमाइलोले हामीमा नयाँ जोश भर्नुका साथसाथै दिनभरीको चुनौतीपूर्ण कार्यसम्पादनको क्रममा महसुस गराउनसक्ने एक्लोपनबाट मुक्ति प्रदान गर्दछ। बिहान परिवारसँग बिताइने समयले परिवारका सदस्यबीच सहयोग र सद्भावको भावना विकास गर्नुका साथै परिवारभित्रको सम्बन्धलाई मजबुत गराउँछ। 

८. दिनको योजना बनाउने

हामीले बिताउने एउटा सफल दिनलाई सो दिनको लागि गरिने उपयुक्त योजनाले निर्धारण गर्दछ। त्यसोत रणनीतिकरुपमा बनाइने योजना समय व्यवस्थापनको उच्च सूचक पनि हो। बिहान बनाइने दिनको योजनाले सो दिनको प्राथमिकता निर्धारण गर्न र सो प्राथमिकतालाई सम्बोधन गर्न पनि सघाउँछ। 

योजना निर्माणसँगै अर्को आवश्यक विषय भनेको तैयारीको क्रियाकलाप पनि हो। उदाहरणको लागि, दिनको २ बजे तपाईंको विभाग प्रमुखसँग नयाँ परियोजनाबारे गर्नुपर्ने छलफलको लागि बिहानै इमेल वा अन्य माध्यमद्वारा विभाग प्रमुखसँग समय लिने, सो छलफलका लागि आवश्यक श्रोत एवं तथ्याहरूको संकलन गर्ने।


Leave a Reply

Your email address will not be published.