जुवामा श्रीमति हारे, जान नमान्दा तेजाव खन्याइदिए

जुवामा श्रीमति हारे, जान नमान्दा तेजाव खन्याइदिए

बिहारको भागलपुरमा एक जुवाडेले आफ्नी श्रीमति हारेका छन्। जुवा खेल्ने क्रममा श्रीमतिलाई दाउवा राखेका ती जुवाडेले श्रीमति हारेका हुन्।

सुन्दा कुनै दन्ते कथा जस्तो लागे पनि यो घटना सत्य हो। र, ति पुरुषले श्रीमतिलाई घरबाट जान नमान्दला सम्बेदनशिल अंगहरूमा तेजाव खन्याइदिएका  छन्।

यो घटना २०२० नोभेम्बर २ को हो। पीडितका पतिले जुवामा श्रीमतिलाई हारे। र, जुन जुवाडेसँग हारेका थिए श्रीमतिलाई उससँग जान भन्न थाले। 

श्रीमतिले श्रीमानको कुरालाई इन्कार गरिदिइन्। आक्रोसित बनेका श्रीमानले उनको शरीरमा तेजाव छ्यापी दिए। तेजाव छ्यापीसकेपछि आफूलाई पतिले घरमा कैद गरेरर राखेको पीडित महिलाले बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

उनी भागेर माइति घर हसनगन्ज पुगिन्। र, उनका माइतिले लोदीपुर पुलिस स्टेसनमा घटना बारे जानकारी गराएका छन्।

बिहे गरेको १० वर्षसम्म पनि ति महिले आफू आमा बन्न नसकेको बताएकी छन्। सोही आक्रोसमा पतिले आफूलाई यो सजाए दिएको उनको भनाई छ।

सोही रिषको झोकमा श्रीमानले सम्वेदनशिल अंगमा तेजाव छ्यापिदिएको उनले दुखेसो पोखेकी छन्। उनको अहिले मायागन्जमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published.