कोइराला परिवारबाट एउटा उम्मेदवारी सभापतिमा हुन्छ : शशांक कोइराला

कोइराला परिवारबाट एउटा उम्मेदवारी सभापतिमा हुन्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोइराला परिवारबाट एउटा उमेदवारी सभापतिमा रहने बताएका छन्। 

विराटनगरको कोइराला निवासमा आज पत्रकार भेटघाट गर्दै कोइरालाले सुजाता, शेखर र आफूमध्ये सहमतीका आधारमा एकजनाले पार्टी सभापतीमा उमेदवारी दिने तयारी रहेको बताए । 

उनले अबको महाधिवेशनबाट पार्टी सभापती नदोहोरिने स्पष्ट पारेका छन्।  ‘अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ र त्यसले पार्टीलाई नयाँ गति दिने गरि नेतृत्व गर्नेछ,’ उनले भने।

साथै उनले फागुनमा महाधिवेशन सम्भव नहुनेसमेत बताए। विहारको उदाहरण दिँदै उनले कारोना कहरका कारण नभई मतादाता नामावलीको काम सम्पन्न नभएको भन्दै फागुनमा महाधिवेशन हुन नसक्ने बताए। 

कोइरालाले सरकारकै कारण कोरोना त्रासकाबीच पनि सडक संघर्षमा जानुपरेको भन्दै सरलाई सच्चिन आग्रह गरे। उनले अहिलेको सरकार भ्रष्टाचार र बेथितिमा रुमलिएको भन्दै जनताका समस्या सम्बोधन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाए। उनले आज विराटनगरमा हुने कांग्रेसको प्रदर्शनको नेतृत्व गर्नेछन्।


Leave a Reply

Your email address will not be published.