कांग्रेसको देशव्यापी प्रदर्शन सुरु

कांग्रेसको देशव्यापी प्रदर्शन सुरु

प्रमुख प्रतिपक्षी दलको सोमबार सरकारविरुद्ध देशव्यापी सडकमा प्रदर्शनमा उत्रिएको छ। 

सरकारलाई सडक र सदनबाट दबाब दिने उदेश्यका साथ कांग्रेसले थालेको प्रदर्शन सुरु भएको हो। यतिबेला काठमाडौंका विभिन्न ठाउँमा नाराबाजीका साथ कांग्रेस कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। 

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको बन्दै कांग्रेस आन्दोलित बनेको हो। कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँमा भएको दुर्व्यवहार तथा पक्राउलाई प्रदर्शनको मुख्य मुद्दा बनाइएको छ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल– जिन्दावाद जिन्दावाद, नेपाली काँग्रेस– जिन्दावाद जिन्दावाद, सर्वसत्तावादी ओली सरकार– मुर्दावाद मुर्दावाद, तनहुँमा भएको दुर्व्यवहार– अपमान र अत्याचार र बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार, चारैतिर भ्रष्टाचार– जनताले चिन्यो ओली सरकार, अति भो अति भो– मुलुककै छवि क्षति भो, जनता कोरोनाको मारमा– नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन– सत्ताको लडाई लाज छैन? नेपाली कांग्रेस जिन्दावाद– लोकतान्त्रिक समाजवाद जिन्दावाद’ भन्ने नाराका साथ कांग्रेस आन्दोलित बनेको हो।

 

 


Leave a Reply

Your email address will not be published.