भक्तपुरको एक घरमा आगलागी, ११ लाखबढीको क्षति

भक्तपुरको एक घरमा आगलागी, ११ लाखबढीको क्षति

भक्तपुरको चागुनारायणमा खाना पकाउने ग्याँस लिक भई आगलागी भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ५ पिखेलमा ग्यास लिक भई आगलागी भएको हो।

सोही ठाउँका ४० वर्षीय प्रदिप कार्कीको तीन तल्ले कच्ची घरमा खाना पकाउने ग्याँस लिग भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले बताए।

आगलागीबाट अन्दाजी ११ लाख ८६ हजार पाँच सय बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

आइतबार बेलुकी साढे ८ बजे भएको आगलागी दमकल र नेपाल प्रहरीको सहयोगमा राति ९:५८ मा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो।


Leave a Reply

Your email address will not be published.

थप समाचार