रोए पनि किन रोएको भनेर ओलीले जेल हालिदिन्छन् : देउवा

रोए पनि किन रोएको भनेर ओलीले जेल हालिदिन्छन् : देउवा

नेपाली कांग्रेका सभापित शेरबहादुर देउवाले केपी ओलीको सरकार एकलौटी र निरकुंश हुँदै जान थालेको बताएका छन्। 

सरकारविरुद्ध कांग्रेसले थालेको देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा सम्बोधन गर्दै देउवाले भने ‘हेर्नुस् मैले पहिला पनि भनेको थिएँ कि कम्यूनिष्टले जिते भने हाँस्न पनि पाइन्न, रुन समेत पाइन्नँ। आज हेर्नुस् जनता रोए पनि ओली सरकारले किन रोइस् भनेर जेल हालिदिन्छन्।’

                          हेटौडामा आयोजित विरोध सभामा कांग्रेस सभापति शेरबहादुर देउवा।

उनले सरकार निरकुंश हुँदै जनताको बोल्ने अधिकारसमेत खोस्न थालेकाले बाध्य भएर कांग्रेस सडकमा आएको बताए। 

‘यस्तो कोरोना महामारीका बेलामा सडकमा आउने हाम्रो चाहना होइन बाध्यता हो’ उनले भने ‘यसबाट आम जनतामा केही मर्का परेको भए माफी चाहन्छौँ।’ 

देउवाले ओली सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएका कारण त्यसलाई खबरदारीका लागि पनि कांग्रेस सडकमा आएको दाबी गरे। 

‘हेर्नुस सरकारलाई कोरोना महामारीमा हामीले सहयोग गर्छौं भनेकै हौं। हाम्रो आधा तलव पनि दियौं। दसैंको भत्ता पनि दियौं त्यत्तिले पनि नपुगेर हेर्नुस् त कोरोनामा पनि ओलीका मन्त्रीले पैसा खान थाले।’

उनले ओली सरकारकै कारण अहिले सडकमा ‘राजा आउ, देश बचाउ’को नारा लाग्न थालेको पनि आरोप लगाए। 
‘राजा किन ल्याउने? त्यो बेला मैले सरकार! म सरकारमा आउँदिनँ बरु सबै सहयोग गर्छु भनेँ ज्ञानेन्द्रले मलाई जेलमा थुनिदिए। अब त्यस्ता राजालाई किन बोलाउने?’ देउवाले भने।


Leave a Reply

Your email address will not be published.