भैरहवामा कांग्रेसकाे विराेध प्रदर्शन: अति भो अति भो- मुलुककै छवि क्षति भो

भैरहवामा कांग्रेसकाे विराेध प्रदर्शन: अति भो अति भो- मुलुककै छवि क्षति भो

नेपाली कांग्रेसले भैरहवामा सरकारविरुद्ध प्रदर्शन गरेको छ। कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

'अति भो अति भो- मुलुककै छवि क्षति भो' लगायतका प्ले कार्ड र नारा लगाउँदै कार्यकर्ताले भैरहवा बजार परिक्रमा गरेका थिए।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य भरतकुमार शाहले सरकार भष्टाचारमा लिप्त  हुँदा मुलुकमा बेथिति बढेर गएको बताए।

सार्वजनिक लेखा समिति सभापति समेत रहेका शाहले समितिले दिएको सुझावलाई कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको आरोप लगाए। 'सार्वजनिक लेखा समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ तर सरकारले त्यसतर्फ ध्यानै दिएको छैन,' शाहले भने, 'यसले सरकार भ्रष्टाचारमा लिप्त भएको संकेत गर्छ।'

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री नै भ्रष्टाचारीलाई जोगाउन लागेको आरोप लगाए। ७० करोडको टेप प्रकरणको प्रमाण हुँदाहुँदै प्रधानमन्त्री ओलीले गोकुल बास्कोटालाई बचाउन लागेको उनको आरोप थियो।


Leave a Reply

Your email address will not be published.