सन् २०३० मा नेपाल एयरलाइन्सको मुनाफा ५ अर्ब ३० करोड पुग्ने दाबी

सन् २०३० मा नेपाल एयरलाइन्सको मुनाफा ५ अर्ब ३० करोड पुग्ने दाबी

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल अयरलाइन्स) को नाफा सन् २०३० मा ५ अर्ब ३० करोड पुग्ने प्रक्षेपण गरिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निगमका महाप्रबन्धक प्रकाश पौडेलले सोमबार बुझाइएको १० वर्षे एकीकृत व्यावसायिक योजनामा सुरुवाती ३ वर्ष नोक्सान बेहोर्नुपर्ने भए पनि सन् २०२४ देखि निगमले नाफा आर्जन गर्न थाल्ने उल्लेख छ।  

सन् २०२१ देखि २०३० सम्म लागू हुने उक्त कार्ययोजना अनुसार सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने आँकलन गरिएको छ।

योजनाअनुसार सन् २०२४ बाट नाफामा जान निगमले अन्र्तराष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियाद लगायतका आठ नयाँ गन्तव्य थप्नुपर्ने जनाउँदै ती नयाँ गन्तव्यमा सेवा दिन चारवटा न्यारो बडी र दुईवटा वाइड बडी गरी ६ वटा जहाज आवश्यक पर्ने उल्लेख छ।

यसैगरी आन्तरिक उडान सुधारका लागि काठमाडौं, नेपालगन्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर अघि बढ्नुपर्ने प्रतिवेदनमा जनाइएको छ। 

मन्त्री भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिए। 
 


Leave a Reply

Your email address will not be published.