निगमको काठमाडाैं-दिल्ली उडान पुस २ बाट 

निगमको काठमाडाैं-दिल्ली उडान पुस २ बाट 

कोरोना महामारीका कारण गत चैतबाट बन्द रहेको काठमाडाैं-दिल्ली हवाइ उडान पुस २ गतेबाट सुचारु हुने भएको छ। 

नेपाल-भारतबीच सहमति भएसँगै नेपाल वायुसेवा निगम (नेपाल अयर लाइन्स) ले पुस २ गतेबाट नियमति उडान भर्न लागेको हो।

उडान स्थगित हुँदा काठमाडाैं-दिल्ली रुटमा यात्रा गर्ने यात्रुको आवागमनमा चाप परेको भन्दै उडान सेवालाई सुरु गर्न लागिएको निगमले जानकारी दिएको छ।

निगमले जारी गरेको प्रेश विज्ञप्ति अनुसार सुरुमा काठमाडाैं-दिल्ली रुटमा दैनिक एउटा-एउटा उडान हुनेछ।

नेपाल तथा भारत सरकारले अवलम्बन गरेका स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर उडान हुने निगमले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.