वार्तामा बोलाउँदा किन गएनन् उखु किसान?

वार्तामा बोलाउँदा किन गएनन् उखु किसान?

आन्दोलनरत उखु किसानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायप्रतिकाले विश्वास गुमेका कारण वार्तामा नगएको बताएका छन्।

मन्त्रालयले माइतीघर मण्डलामा आन्दोलनरत किसानलाई सोमबार २ बजेका लागि वार्तामा बोलाए पनि किसान गएनन्।

सर्लाही उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्राले गत वर्षको सम्झौता कार्यान्वयन नभएकाले मन्त्रालयप्रतिको विश्वास टुटेको बताए।

‘सरकारले वार्ता गरेर सहमति गर्छ। तर, उद्योगीले किसानको पैसा दिँदैनन्। अनि सरकार पनि कुनै कदम चाल्दैन,’ उनले भने, ‘बक्यौता रकम नपाएसम्म सडकमै बस्छौं।’ निश्चित समयसीमा तोकेर  बक्यौता रकम भुक्तानी हुनुुपर्ने किसानको माग छ।

‘पैसा नपाएसम्म आन्दोलन चलिरहन्छ,’ मिश्राले भने, ‘कि सरकारले किसानको पैसा बोकेर माइतीघर आउनुपर्छ नत्र खातामा जम्मा गर्नुपर्छ, तब मात्रै आन्दोलन रोकिन्छ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले पैसा नदिने मिल सञ्चालकविरुद्ध किसानले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्ने र मन्त्रालयको काम  किसानको पैसा दिने नभई सहजीकरण गरिदिने भएको बताएको बताए।

‘मन्त्रालयको काम पैसा तिर्ने-तिराउने काम होइन, उद्योगी र किसानबीच सहजीकरण गरिदिने हो,’ उनले भने, ‘किसानलाई मारमा नपार्न उद्योगीलाई भनिसकेका छौं।’

मंगलबार ३ बजे किसान र उद्योगीलाई वार्ताका लागि बोलाइएको उनले जानकारी दिए।

याे पनि पढ्नुस् : उखु किसान भन्छन्- बरू सडकमै मरौंला, पैसा नलिई घर जान्नौं

 


Leave a Reply

Your email address will not be published.