मालपोतका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

मालपोतका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मालपोतको विभिन्न फाँटबाट नगदी रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका अख्तियारले लेखा अधिकृत रिठ्ठे दर्जी, नायबसुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले क्रमशः ७ करोड ८ लाख १७ हजार ३७, ४ लाख ७१ हजार ६ सय १३ र ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँको बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार