भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाखको सामग्री जफत

भारतबाट अवैध रुपमा भित्र्याइएको ४ लाखको सामग्री जफत

भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सामग्री सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरेको छ।

सशस्त्र प्रहरीले धनुषाको सहिदनगर नगरपालिका-६ हठ्ठिपुर हडवाडाबाट ४ लाखभन्दा बढी मूल्यको सामान नियन्त्रण्मा लिएको हो।

जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक बाबुराम थापाको कमाण्डमा गएको टोलीले भारतबाट अवैध रुपमा ल्याइँदै गरिएको लत्ताकपडालगायतका सामान नियन्त्रणमा लिएको छ।

थापाका अनुसार मोटरसाइलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ लाख २६ हजार २ सय मूल्य बराबरको लत्ताकपडा र जुत्ताका साथै दुई मोटरसाइलसहित २ लाख ८३ हजार २ सय मूल्य बराबरको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर मोटरसाइकलमा सवार तस्कर भागेका थिए।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।


Leave a Reply

Your email address will not be published.