नेपाललाई सिधै ग्लोबल छनोटको टिकट, खेल फेब्रुअरी र मेमा

नेपाललाई सिधै ग्लोबल छनोटको टिकट, खेल फेब्रुअरी र मेमा

सन् २०२२ मा हुने टिट्वान्टी विश्वकपको ग्लोबल छनोट नेपालले सोझै प्रवेश पाएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने विश्वकपका लागि नेपालसहित युएई, सिंगापुर र जिम्बाबेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो।

ग्लोबल छनोटका खेल २०२२ को फेब्रुअरी र मेमा आयोजना हुने आइसिसिले जनाएको छ। विश्वकप भने सोही वर्षको अक्टोबरबाट सुरु हुनेछ। 

ग्लोबल छनोटबाट चार टोलीले विश्वकपमा स्थान बनाउनेछन्। दुई समूहमा हुने ग्लोबल छनोटबाट २/२ टोली विश्वकपमा जानेछन्। ग्लोबल छनोटमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तो छ विश्वकप छनोट तालिका

 


Leave a Reply

Your email address will not be published.