समृद्ध र सबल नेपालका लागि राजसंस्थाको वकालत गरेका हौँ : कमल थापा

समृद्ध र सबल नेपालका लागि राजसंस्थाको वकालत गरेका हौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागी राजसंस्थाको वकालत गरेको बताएका छन्।

मुलुकमा ‘राजा आउ देश बचाउ’ भन्दै भइरहेका आन्दोलनको आलोचना भइरहेका बेला थापाले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका छन्। उनले राजसंस्थाको वकालतका क्रममा कसले के भन्छ भन्ने आफूहरुलाई चिन्ता नहुने बताए।

अध्यक्ष थापाले धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका हुन् ।

‘धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्वद्र्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वद्र्धनवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ। कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन।’, थापाले भनेका छन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार