केहीबेरको ‘भलाकुसारी’पछि संवैधानिक परिषदको बैठक स्थगित

केहीबेरको ‘भलाकुसारी’पछि संवैधानिक परिषदको बैठक स्थगित

सभामुखको उपस्थितिबिनै संवैधानिक परिषदको बैठक सुरु भएको बैठक केही बेरको अनौपचारिक भलाकुसारीपछि सकिएको छ। 

आइतबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा पनि बैठकमा उपस्थित नभएपछि बैठक रोकिएको थियो। 
कांग्रेसको देशव्यापी प्रदर्शनको तयारीका लागि देउवा बैठकमा जान पाएका थिएनन्। भने संसदकै पूर्वनिर्धारित कार्यक्रम भएका कारण सभामुख बैठकमा जान नसेको उनको सचिवालयले जनाएको थियो। 

त्यसपछि फेरि प्रधानमन्त्री ओलीले मंगलबार बिहानै फेरि बैठक बोलाएका थिए। 

आज बोलाइएको बैठकमा पनि सभामुख सापकोटा गएनन्। सभामुख बैठकमा उपस्थित नभएपछि केही बेर ‘अनौपचारिक’ कुराकानीपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक साँझ ५ बजेका लागि फेरि बोलाइएको छ। 

६ जना सदस्य रहेको परिषद बैठकमा अध्यक्षसहित पाँचजनाको उपस्थिति अनिवार्य हुनुपर्दछ। संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थित अनिवार्य हुनुपर्ने प्रावधान छ।

उपसभामुख नियुक्त हुन नसकेका कारण एकजना अनुपस्थित भएको खण्डमा बैठक प्रभावित हुनसक्छ। 

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाक सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न निकायमा ४५ पद रिक्त रिक्त छ। रिक्त रहेका निकायमा सरकारले पदपूर्ति गर्न नसक्दा कामकारबाहीसमेत प्रभावित हुँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published.