प्रधानमन्त्री पद झर्ला र खाउँला भन्ने आशामा नबसे हुन्छ : विष्णु पौडेल

प्रधानमन्त्री पद झर्ला र खाउँला भन्ने आशामा नबसे हुन्छ : विष्णु पौडेल

नेपाल सरकारका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षे कार्यकाल पूरा गर्ने बताएका छन्।

बुटवलमा रहेको कान्तिम माविको शैक्षिक तथा छात्रावास भवनको मंगलबार शिलान्यास गर्दै पौडेलले नेकपाले जनतासँग गरेका बाचा पूरा गर्नतर्फ सरकार लागिरहेको र त्यसको नेतृत्व प्रधामन्त्री ओलीले नै गर्ने बताए।

पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीलाई हटाउने खेल भइरहेकोतर्फ संकेत गर्दै पौडेलले पार्टीभित्र र बाहिरबाट भएका प्रयास असफ हुने दाबी गरे। ‘कतिपय मान्छेहरु झर्ला र खाउँला भन्ने आशामा छन् उनले भने, ‘त्यस्तो सपनामा कोही कसैले नरमाए हुन्छ।’

अमर्यादित तरिकाले भएका विरोध र आलोचनालाई पन्छाएर आफूहरु अघि बढ्ने पौडेलले बताए।  

नेकपाभित्र भएको अन्तरविरोधले पार्टी र जनता चिन्तित भएको चर्चा गर्दै उनले अन्तरविरोधलाई हल गर्न नेतृत्व सक्षम रहने विश्वास व्यक्त गरे।


Leave a Reply

Your email address will not be published.