संवैधानिक परिषद बैठक स्थगित भएलगत्तै सुरु भयो मन्त्रिपरिषद बैठक 

संवैधानिक परिषद बैठक स्थगित भएलगत्तै सुरु भयो मन्त्रिपरिषद बैठक 

मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो। 

यसअघि सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित हुँदा गणपूरक संख्या नपुगेपछि आजै संवैधानिक परिषदको बैठक स्थगित भएको थियो। त्यसपछि अहिले मन्त्रिपरिषद बैठक बसेको हो।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको हो।

स्थगित परिषदको बैठक पनि आज साँझ पाँच बजेका लागि बोलाइएको छ।
 


Leave a Reply

Your email address will not be published.