‘गरिब किसानको प्रतिनिधि भन्ने सरकारको सक्कली रुप माइतीघरमा देखिन्छ’ 

‘गरिब किसानको प्रतिनिधि भन्ने सरकारको सक्कली रुप माइतीघरमा देखिन्छ’ 

नेपाल सुशासन अभियानले आफूलाई समाजवादी र गरिब किसानको प्रतिनिधि ठान्ने सरकारको सक्कली स्वरुप के रहेछ भन्ने कुरा उखु किसानको अवस्था हेर्दा छर्लंग हुने बताएको छ।

उखु किसानको आन्दोलनमा समर्थन जनाउँदै अभियानले काठमाडौंको चिसो र कोरोना महामारीको समयमा निरीह बन्दै रकम भुक्तानीका लागि सरकारको ढोका ढक्ढक्याउन आइपुगेका किसानको आँसु पुछ्न आग्रह गरेको छ।

अभियानले प्रश्न गर्दै भनेको छ, ‘ के स्थानीय र प्रदेश सरकारको दायित्व र जिम्मेवारी छैन किसान प्रति? गत वर्षको सम्झौता कार्यान्वयन नभएको अवस्था छ, के सरकार किसानका पीरमर्का समाधान गर्न सक्तैन?’

चीनी मिलका संचालक तथा व्यवस्थापकहरुसमक्ष समेत अभियानले विज्ञप्तिमार्फत गरिब किसानका समस्यालाई गम्भीरताकासाथ लिन माग गरेको छ। उसले किसानका आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारमाथि दबाब सिर्जना गर्न पनि सम्पूर्णमा आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published.