बिबिएल खेल्न अष्ट्रेलिया लागे सन्दीप लामिछाने

बिबिएल खेल्न अष्ट्रेलिया लागे सन्दीप लामिछाने

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलियातर्फ लागेका छन्।

उनी तेस्रोपटक लिग खेल्न कतार एयरवेजको उडानमार्फत आज दिउँसो त्यसतर्फ लागेका हुन्।

उनी अस्ट्रेलिया पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्ने छन्।

लिग गत बिहीबारदेखि नै सुरु भइसकेको छ। क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउने छन्।

यस पटक उनी होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन्। लामिछानेले यसअघि दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए। जसमा उनले २० खेल खेल्दै २६ विकेट लिएका थिए।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि गरिएको पिसिआर परीक्षणमा उनको नतिजा पोजेटिभ आएको थियो। उनी हाल संक्रमणमुक्त भइसकेको छन्।
 


Leave a Reply

Your email address will not be published.