सरकारलाई कांग्रेसको प्रश्न : हिजो किसानको भोट चिन्ने, आज अनुहार नचिन्ने?

सरकारलाई कांग्रेसको प्रश्न : हिजो किसानको भोट चिन्ने, आज अनुहार नचिन्ने?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा ऐकवद्धता जनाएको छ।

तराईका किसान चिनी उद्योगीबाट बक्यौता रकम असुलीको माग राख्दै माइतीघरमा आन्दोलन गरिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेर ऐकवद्धता जनाएका हुन्।

शर्माले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाइमा आपत्ति जनाएका छन्।

मन्त्री भट्टले सोमबार पत्रकारहरूसँग भनेका थिए, ‘आन्दोलनरत किसान नभइ विचौलिया भएको उद्योगीहरूले बताएका छन्।’

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै प्रश्न सोधेका छन्, ‘उखु किसान नै होइनन् यिनीहरू’ जिम्मेवार मन्त्रीको यो बोली के सरकारकै धारणा हो?’

उनले अगाडि लेखेका छन्, ‘हिजो यिनको भोट चिन्ने आज यिनको  अनुहार नचिन्ने? उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने? किसान चिन, स्वर सुन मूल्य तिराउ।’


Leave a Reply

Your email address will not be published.