राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषदसम्बन्धी अध्यादेश  

राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषदसम्बन्धी अध्यादेश  

अब संवैधानिक परिषद्का निर्णय बहुमतबाट समेत हुने भएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्को बैठक बस्न अध्यक्षसहित पाँच सदस्यीय कोरम चाहिने गरिएकामा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।

यससँगै अब परिषदमा अध्यक्षसहित तीन सदस्य उपस्थित भएमा बैठक बस्न मिल्ने भएको हो।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने  व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान मात्र संवैधानिक परिषद्को बैठक डाकेका थिए।

सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठकले औपचारिकता पाएन। र, मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको छ।

संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि लगत्तै प्रम ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर राष्ट्रपति समक्ष अध्यादेश पेश गरेका थिए। र, राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।


Leave a Reply

Your email address will not be published.