यस वर्षको नोभेम्बर हालसम्मकै दोस्रो अत्यधिक तातो महिना

यस वर्षको नोभेम्बर हालसम्मकै दोस्रो अत्यधिक तातो महिना

सन् २०२० को नोभेम्बर महिना हालसम्मकै दोस्रो अत्यधिक तातो महिना भएको पाइएको छ।

युएस नेशनल ओसेनिक एण्ड एट्मस्फेरिक एड्मिनिस्ट्रेसन (एनओएए) का अनुसार सन् १८८० देखि सुरु गरिएको तथ्यांक संकलनका आधारमा सन् २०१५ को नोभेम्बर विश्वव्यापीरूपमा हालसम्मकै सबैभन्दा तातो महिना हुन पुगेको छ। 

‘यस वर्षको नोभेम्बरमा जमिन र समुन्द्री सतहमाथिको संयुक्त विश्वव्यापी औसत तापक्रम २०औं शताब्दीको औसत तापक्रमभन्दा ०.९७ सेन्टिग्रेडले उच्च रह्यो,’ एनओएएले भनेको छ। यो शताब्दीको विश्वव्यापी औसत तापक्रम १२.८ सेन्टिग्रेड छ। 

एनओएएले जनाएअनुसार सन् २००४ यताका नोभेम्बर महिनाहरू १० सबैभन्दा बढी तातो नोभेम्बर महिनाको सूचीमा समावेश रहेका छन् भने पाँचवटा सबैभन्दा तातो नोभेम्बर महिना सन् २०१३ यताका छन्। 

यस वर्षको नोभेम्बर महिना लगातार २०औं शताब्दीको औसत तापक्रमभन्दा बढी तापक्रमयुक्त ४४औं नोभेम्बर पनि हुनपुगेको छ। -एजेन्सी 


Leave a Reply

Your email address will not be published.