कोरोनाले बन्द होटल समिट नौ महिनापछि खुल्यो

कोरोनाले बन्द होटल समिट नौ महिनापछि खुल्यो

ललितपुरको कुपण्डोलस्थित होटल समिट मंगलबारबाट पुनः सञ्चालनमा आएको छ। 

कोरोना महामारीका कारण गत चैतबाट बन्द समिट नौ महिनापछि  खुलेको हो। स्वास्थ्य मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी होटल सञ्चालनमा ल्याइएको व्यवस्थापनले जानकारी दिएको छ।

समिटले रेष्टुराँ, ब्याङक्वेट, सभा तथा मिटिङ कक्ष पनि सुचारु गरेको हो। समिटका स्विमिङ पुल र फिटनेस सेन्टर भने बन्द नै रहनेछन्।  
 


Leave a Reply

Your email address will not be published.