ओलीले खल्तीका मान्छे राखेर मुलुक हाँक्न खोजे : भट्टराई

ओलीले खल्तीका मान्छे राखेर मुलुक हाँक्न खोजे : भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद्को आकस्मिक बैठकबाट संवैधानिक परिषद्को अध्यादेश ल्याएपछि नेताहरूमा असन्तुस्टि बढेको छ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्ययक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टाईले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत आफ्नै खल्तीबाट व्यक्तिहरू राखेर राज्य हाँक्न खोजेको टिप्पणी गरेका छन्।

ट्विटरमा उनले लेखेका छन्, 'त्यस्तै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्? त्यत्रो वलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त? अर्को विनाशकारी अध्यादेश अघि नै संसद् अधिवेशन बोलाऔं।’ 

सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सकिने गरी अध्यादेश ल्याएपछि नेताहरू आक्रोसित बनेका हुन्।


Leave a Reply

Your email address will not be published.