राष्ट्रपतिले फेरि भुलेको मर्यादा

राष्ट्रपतिले फेरि भुलेको मर्यादा

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन सिफारिसमा पुस ५ गते लालमोहर लगाएर पदीय मर्यादा ‘भुलेकी’ राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः पदीय मर्यादामा आँच आउने काम गरेकी छिन्। शनिबार एमाले नेता झलनाथ खनालको घरमै गएर ‘पार्टीमा एकताबद्ध भएर जान’ आग्रह गरिन्।

राष्ट्रपति जस्तो गरिमामय पद सम्हालेको व्यक्ति कुनै पनि राजनीतिक दल विशेषको ‘नेता’ होइन। राष्ट्रपति भण्डारी न एमाले पार्टीकी हुन्, न अरू कुनै दलकी। 

राष्ट्रपति कुनै दलको नेता भेट्न जाने होइन। खनालको स्वास्थ्य अवस्था बुझ्न गएको भनिए पनि भण्डारीले राजनीतिक आग्रह–पूर्वाग्रह राखेर गलत नजिर बसालिन्। 

ओलीसँग पार्टीगत लडाइँमा रहेका खनाललाई ‘एमाले जोगाउनुस्’ भन्ने भण्डारीको आग्रहले राष्ट्रपति पदको मर्यादामा प्रश्न उब्जेको छ।  
 


One thought on “राष्ट्रपतिले फेरि भुलेको मर्यादा

Leave a Reply

Your email address will not be published.