झलनाथ खनाललाई नर्भिक लगियो

झलनाथ खनाललाई नर्भिक लगियो

नेकपा एमाले नेता झलनाथ खनाललाई नर्भिक अस्पताल लगिएको छ।

एमाले स्रोतका अनुसार केही दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उनको स्वास्थ्यमा थप जटिलता आएपछि नर्भिक अस्पताल लगिएको हो।

त्यसैगरी पुराना बामपन्थी नेता मोदनाथ प्रश्रितलाई पनि संक्रमण भएपछि मनमोहनमै भर्ना गरिएको छ। केहीदिनअघि उनका छोरा एमाले नेता डा. विजय पौडेलले ट्वीटरमा आफ्ना बुवालाई पनि संक्रमण भएको लेखेका थिए। पौडेल आफैँ पनि कोरोना संक्रमित छन्।

https://aayomail.com/khabar/32246/

Leave a Reply

Your email address will not be published.