दाङको तुलसीपुरमा रोकिराखेको कारभित्र तीन शव

दाङको तुलसीपुरमा रोकिराखेको कारभित्र तीन शव

दाङ तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र ३ जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका ६ मा पर्ने स्याउली बजारमा त्यो कार केही महिनादेखि नै रोकिराखेको थियो।

इन्डियन प्लेट जे-०१६६०८८५ को उक्त्त गाडीमा भेटिएका ती शवहरूका बारेमा अनुसन्धान थालिएको तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए।

‘हामी घटनस्थल पुगेका छौं त्यसबारे अनुसन्धान भइरहेको छ’ उनले भने।

एउटा बस सोही कार नजिकै पार्किङ गर्ने बेला बसका कर्मचारीहरुले कारभित्र शव देखेका थिए।


One thought on “दाङको तुलसीपुरमा रोकिराखेको कारभित्र तीन शव

Leave a Reply

Your email address will not be published.