हराइरहेका तीनजना बालककाे शव पार्किङ गरिराखेकाे कारभित्र

हराइरहेका तीनजना बालककाे शव पार्किङ गरिराखेकाे कारभित्र

दाङको तुलसीपुर स्याउली बजारमा रोकिराखेको एउटा कारभित्र फेला परेका तीन वटै शव बालकहरूको रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझपख तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिराखेको एउटा कारभित्र ३ जनाको शव फेला परेको थियो।

तुलसीपुर नजिकै बरुवागाउँका ती बालकहरू वैशाख १६ गतेदेखि हराइरहेका थिए। प्रहरीका अनुसार बालकका आफन्तले शुक्रबारमात्रै प्रहरीमा उजुरी दिएका थिए।

तुलसीपुर उपमहानगरपालिका ६ मा पर्ने स्याउली बजारमा त्यो कार केही महिनादेखि नै रोकिराखेको थियो।

https://aayomail.com/khabar/32280/

इन्डियन प्लेट जे-०१सीसी 0८८५ को उक्त्त गाडीमा भेटिएका ती शवहरूका बारेमा अनुसन्धान थालिएको तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए।

‘हामी घटनस्थल पुगेका छौं त्यसबारे अनुसन्धान भइरहेको छ’ उनले भने।

एउटा बस सोही कार नजिकै पार्किङ गर्ने बेला बसका कर्मचारीहरुले कारभित्र शव देखेका थिए।

प्रहरीले नेपालगन्जबाट फोरेन्सिक ल्यावका प्राविधिकहरू बोलाएको छ। डिएसपी सिंहका अनुसार उनीहरू आइपुगेपछि मात्रै घटनाबारे थप अनुसन्धान हुनेछ।

घटनास्थलमा रहेका स्थानीयका अनुसार ती बालक ७ देखि ९ वर्षसम्मका छन्। दुईजना बालक निर्वस्त्र छन् भने एकजना बालको शरीरमा टबेल ओढाइएको छ।

घटनास्थलबाट १०० मिटरकै दूरीमा लुम्बिनी प्रदेश प्रहरीकाे मुख्यालय छ।


One thought on “हराइरहेका तीनजना बालककाे शव पार्किङ गरिराखेकाे कारभित्र

Leave a Reply

Your email address will not be published.