मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए।

मन्त्रिपरिषद बैठकमा पछिल्लो बढ्दै गएको कोरोना महामारी रोकथाम र नियन्त्रणबारे छलफल गर्ने एजेन्डा रहेको बताइएको छ।

यसैगरी गएको शुक्रबार एमसिसी बैठकले गरेको प्रस्तावबारे समेत छलफल हुनेछ। हरेक विहीबार बस्ने नियमित मन्त्रिपरिषद बैठक गत साता बसेको थिएन।


Leave a Reply

Your email address will not be published.