लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएका छन् । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुँदैथियो।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूचीका बिच उनले राजिनामा दिएका हुन।

पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो। सविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ को १ अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको बताइएको छ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी संसदीय दलको बैठक बसिरहेको छ।


Leave a Reply

Your email address will not be published.