भारतमा थप ३ लाख ९२ हजार संक्रमित, ३६८९को मृत्यु

भारतमा थप ३ लाख ९२ हजार संक्रमित, ३६८९को मृत्यु

बितेको चौबिस घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८मा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा ३ हजार ६ सय ८९ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै ३ लाख ७ हजार ८६५ जना मानिस निको भएका छन्।

भारतभरि ३३ लाख ४९ हजार ६ सय ४४ सक्रमिय संक्रमित छन्। अहिलेसम्म १ करावड ९५ लाख ५७ हजार ४ सय ५७ मानिस संक्रमित भइसकेका छन्। संक्रमणबाट २ लाख १५ हजार ५ सय ४२ मानिसको मृत्यु भएको छ।

कोरोना संक्रमणकै बीचमा भारतले १५ करोड ६८ लाख १६ हजार ३१ नागरिकले कोरोना खोप लगाएका छन्।

भारतमा अहिले अक्सिजनको अभाव चुलिएको छ। अस्पतालहरूमा बेडको समेत अभाव छ। अक्सिजन नै नपाएर मानिसको मृत्यु भइरहेको छ। दोस्रो लहरमा फैलिएको भारतीय भेरिअन्टको भाइरसले निकै घातक भएर संक्रमण फैलाइरहेको छ।


Leave a Reply

Your email address will not be published.