धनुषामा मंगलबारदेखि निषेधाज्ञा

धनुषामा मंगलबारदेखि निषेधाज्ञा

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालयले धनुषा निषेधाज्ञा जारी गरेको छ।

आइतबार बिहान बसकेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो।

धनुषामा मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको कर्णले बताए।

सरकारले दुई सय संक्रमित भएको पहाड र पाँच सय बढी संक्रमित भएको तराईका जिल्लामा आवश्यक्ताअनुसार निषेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।

शनिबारसम्म जिल्लामा संक्रमितको संख्या ४२० पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.