झापामा दुई दुर्घटनामा दुई जनाको मृत्यु

झापामा दुई दुर्घटनामा दुई जनाको मृत्यु

झापा–झापामा शनिबार भएका अलगअलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका र बिर्तामोड नगरपालिकाका एक महिला र एक पुरुष छन्।

शनिबार साँझ घरमै करेन्ट लागेर कचनकवल ३ कि ७३ वर्षीया गंगादेवी बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस्तै, ट्रयाक्टरको डालाले लागेर बिर्तामोड ४ का २० वर्षीय सन्दिप अधिकारीको मृत्यु भएको छ।

पारिजात टोलमा मे १ त ७००५ नम्बरको ट्रयाक्टरमा बालुवा अनलोड गर्दै गरेका उनलाई ट्रयाक्टरको डालाले लागेको थियोे । उनी ट्रयाक्टरका सहचालक हुन् । ट्रयाक्टर र चालक अनिल खड्कालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published.