पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने एमाले संसदीय दलको निर्णय

पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलले शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको हो ।

पोखरेलले आजै प्रदेशप्रमुखबाट शपथसमेत लिनसक्ने गरी तयारी गरिएको छ।

८७ सदस्यीय प्रदेशसभामा जसपाका ४ र माओवादी केन्द्रका २ सांसद पदमुक्त भएपछि अहिले लुम्बिनी प्रदेशसभा ८१ सदस्यीय छ । जसमा एमालेको मात्र ४१ सिट छ । एमालेले आफूसँगै बहुमत रहेको भन्दै एकल सरकार बनाउन लागेको हाे।

कांग्रेस,माओवादी र जसपामिलेर अविश्वास प्रस्ताव दायर गरेपछि बिग्रिएको प्रदेशको माहोल जसपका ४ सांसद कारबाहीमा परेसँगै पुनः मुख्यमन्त्री पोखरेलकै फेभरमा गएको थियो ।


Leave a Reply

Your email address will not be published.